बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपालमा नयाँ अन्तरिम सरकार गठन, भारतले स्वागत

नेपालमा नयाँ अन्तरिम सरकार गठन, भारतले स्वागत

72
Shares
72
Shares

काठमाडौँ । नेपालमा नयाँ अन्तरिम सरकार बनेपछि भारतले यसको स्वागत गरेको छ।

सुशीला कार्किले अन्तरिम प्रधानमन्त्रीको पद सम्हाले लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा स्थिरता र शान्ति कायम हुने आशा व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको स्वागत गर्दछौँ। यस सरकारले नेपालमा शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउने विश्वास लिएका छौँ।”

भारतले नेपाललाई नजिकको छिमेकी र लोकतान्त्रिक मित्रको रूपमा उल्लेख गर्दै दुई देशबिच दीर्घकालीन विकास र समृद्धिको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend