बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

कोलोराडोमा नेपाली समुदायले जेन-जी आन्दोलनका शहीदहरूलाई सम्झँदै शान्तिपुर्ण दीप प्रज्वलन

कोलोराडोमा नेपाली समुदायले जेन-जी आन्दोलनका शहीदहरूलाई सम्झँदै शान्तिपुर्ण दीप प्रज्वलन

157
Shares
157
Shares

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यको डेनभर र कोलोराडो स्प्रिङ्समा बसोबास गर्ने नेपालीहरूले जेन-जी आन्दोलनमा प्रहरीको कार्यवाहीमा मारिएका युवाहरूलाई सम्झने कार्यक्रम गरेका छन् । उनीहरूले मैनबत्ती बालेर श्रद्धाञ्जली दिए र नेपाल सरकारको कडा विरोध प्रदर्शन गरेका छन् ।

डेनभर मेट्रोमा अवस्थित नेपाली घरमा आयोजित कार्यक्रममा कोलोराडोका संघ संस्थाका पदाधिकारिहरु तथा सर्बसाधरणको उपस्थित थियो भने कोलोराडो स्प्रिंग्समा पनि संस्था तथा सर्बसाधरणहरुको उपस्थित रहेको थियो ।

नेपालमा सोसल मिडियामा लगाइएको रोक र देशमा बढ्दो भ्रष्टाचारको विरोधमा युवाहरूले चलाएको जेन-जी आन्दोलनलाई सरकारले कडाईपुर्वक दबाउने कोसिस गरेकोमा यो विरोध प्रदर्शन भएको हो। प्रहरीले आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गरेपछि धेरै युवाहरूको मृत्यु भएको थियो । यसले गर्दा देशभरि मात्र नभएर विदेशमा रहेका नेपालीहरू पनि दुःखित र रिसाएका छन् ।

कोलोराडोमा भएको कार्यक्रममा विशेष गरी युवाहरूको ठुलो भिड थियो। उनीहरूले नेपालमा गठबन्धन सरकारको घोर विरोध गरे। कार्यक्रममा बोल्ने वक्ताहरूले भने कि अब पुराना नेताहरूले राजनीतिबाट रिटायर हुनुपर्छ र नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ । जुन यो समाचार बनाउँदा सबै नेताहरू भागी सकेका छन्। साथै प्रधानमन्त्री पनि राजीनामा दिएर भागिसकेका छन् । अब देशमा नयाँ पुस्ताले चलाउने विश्वास गरिएको छ।

संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले पनि नेपालमा भएको हिंसाको घटनामा चिन्ता व्यक्त गरेको छ। आयोगकी प्रवक्ता रविना समदासानीले शान्तिपुर्ण प्रदर्शनमा अनावश्यक रूपमा बल प्रयोग गरिएकोमा गम्भीर चिन्ता लिएको बताइन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend