काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले ठुलो मात्रामा नगद र सुन बरामद गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले अवैध रकम लुकाएको विशेष जानकारी पाएपछि छापा मारिएको हो ।
एसएसपी शेखर खनालका अनुसार हालसम्म तीन करोड ७५ लाख रुपैयाँ नगद भेटिएको छ। साथै केही परिमाणमा सुन पनि बरामद भएको बताइएको छ। बरामद नगद र सुनको ठ्याक्कै विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट विनोद श्रेष्ठ नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले रकम र सुनको श्रोतबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend