बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राष्ट्र बैंकको चेतावनी: ५०० र १००० भारतीय नोट प्रयोग नगर्नु

राष्ट्र बैंकको चेतावनी: ५०० र १००० भारतीय नोट प्रयोग नगर्नु

114
Shares
114
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले भारतीय ५०० र १००० रुपैयाँका नोट नेपालमा प्रयोग नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।

मंगलबार जारी सुचना अनुसार, १ सयबाहेकका अन्य भारतीय नोट साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न अनुरोध गरिएको छ ।

राष्ट्र बैंकका अनुसार, सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दी घोषणा गर्दा पुराना ५०० र १००० रुपैयाँका नोटमा पुर्ण प्रतिबन्ध लगाइएको थियो। नेपालमा पनि ती नोट कारोबार गर्न नपाइने व्यवस्था छ ।

त्यसैगरी, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकबाट यी नोट ल्याउन पाउने छैनन् । ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा बिना भन्सार घोषणा नेपाल भित्र्याउन नपाइने व्यवस्था पनि छ ।

अहिलेको नियमअनुसार भारतीय २००, ५०० र २००० नोट पनि नेपालमा ओसारपसार र कारोबार गर्न नपाइनेछ ।

संसदको अर्थसमितिले पनि भारतबाट आउने भारतीय नोटको सीमाबारे प्रश्न उठाएको थियो। नेपालमा आउने भारतीय पर्यटकले नोट प्रयोग गर्न पाउँदैनन् भन्ने कारण उठेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend