बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राप्रपाका संस्थापक नेता स्व. बालाराम घर्तीमगरको ४५ दिने पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

राप्रपाका संस्थापक नेता स्व. बालाराम घर्तीमगरको ४५ दिने पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

86
Shares
86
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता, कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री स्व. बालाराम घर्तीमगरको ४५ दिने पुण्यतिथिको अवसरमा मंगलबार राजधानीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरूले स्व. घर्तीमगरको राजनीतिक योगदान, राष्ट्रप्रेम, समाजसेवा र पार्टीप्रतिको समर्पणबारे चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कार्यक्रममा स्व. घर्तीमगरकी छोरी डा. दिलास्मा घर्तीमगरले पनि आफ्ना बाल्यकालका स्मृति, पिताको सरल जीवनशैली, देश र जनताप्रतिको अटुट निष्ठा र योगदानबारे भावुक शब्दहरू प्रस्तुत गर्दै उहाँको सम्झना गर्नुभयो ।

नेताहरूले स्व. घर्तीमगरलाई नेपाली राजनीतिमा सिद्धान्तप्रति अडिग, इमानदार र जनतामुखी नेताका रूपमा स्मरण गर्दै उहाँको निधनले राप्रपा मात्र नभई मुलुककै राजनीतिको जगमा ठूलो रिक्तता सिर्जना भएको बताए ।

यस अवसरमा वक्ताहरूले घर्तीमगरको योगदानलाई संस्थागत ढंगले संरक्षण गर्न र नयाँ पुस्तालाई उहाँको आदर्शबाट प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पार्टीका अन्य पदाधिकारी, कार्यकर्ताहरू, बुद्धिजीवी, सामाजिक अभियन्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend