बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रुबी साह हत्या प्रकरण: इ–रिक्सा चालक पक्राउ

रुबी साह हत्या प्रकरण: इ–रिक्सा चालक पक्राउ

133
Shares
133
Shares

चन्द्रपुर (रौतहट) – रौतहटको माधव नारायण–६ की रुबी कुमारी साहको शव सुटकेसमा राखी ओसारपसार गर्ने क्रममा संलग्न इ–रिक्सा चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार शव रहेको सुटकेस लैजान प्रयोग गरिएको इ–रिक्सा चलाउने व्यक्तिलाई पक्राउ गरिएको हो।

उक्त चालकले गौरदेखि गंगापिपरा पुर्याउन ५ सय रुपैयाँमा भाडा लिएको र बीचमै समस्या आएपछि मुडवलबामा सुटकेस झारेर फर्किएको बयान दिएको छ। उनले सुटकेसभित्र के थियो भन्नेबारे आफूलाई थाहा नभएको दाबी गरेका छन्।

प्रहरीले गौर बालमन्दिर पछाडि रहेको एक घरबाट रुबिले प्रयोग गर्दै आएकी चप्पल फेला पारेको छ। त्यही घरमा रुबिको प्रेमी बस्दै आएका थिए। परिवारजनले रुबीको हत्यामा उनको प्रेमीको हात रहेको बताएका छन्।

डीएसपी कार्कीका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ र दोषीलाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको छ । शनिबार राति गौर–गंगापिपरा सडक खण्डको मुडवलबाबाट सुटकेसभित्र मृत अवस्थामा रुबीको शव फेला परेको थियो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend