डेनभर । डेनभर हेल्थ (Denver Health) का एम्बुलेन्सहरूले सन् २०२६ को पहिलो सात महिनामा झण्डै ८,००० पटक आपतकालीन स्थानमा पुग्न ९ मिनेटभन्दा बढी समय लगाएका छन् ।
सीबीएस कोलराडोले प्राप्त गरेको विवरण अनुसार, जनवरी १ देखि जुलाई ३१ सम्म एम्बुलेन्स बोलाइएका ७,८६५ गम्भीर मामिलामा पुग्न ९ मिनेटभन्दा बढी समय लागेको थियो। तीमध्ये २०२ वटा घटनामा त बिरामीले २० मिनेटभन्दा बढी पर्खनुपरेको थियो। छाती दुख्ने, सास फेर्न गाह्रो हुने, स्ट्रोक र ओभरडोज जस्ता गम्भीर बिरामीका क्षेत्रमा यस्तो ढिलाइ भएको हो ।
डेनभर सहरको मापदण्ड अनुसार ९० प्रतिशत आपतकालीन कलहरूमा ९ मिनेटभित्र एम्बुलेन्स पुग्नुपर्ने हुन्छ । तर यस वर्ष डेनभर हेल्थले करिब ८२ प्रतिशत मात्र सफलता पाएको छ ।
स्थानीय दमकल टोली (Firefighters) ले पनि एम्बुलेन्सको ढिलाइ र कतिपय अवस्थामा एम्बुलेन्स नै उपलब्ध नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
डेन्भर हेल्थका अधिकारीहरूले ट्राफिक, बाटो निर्माण र जनशक्तिको कमीका कारण ढिलाइ भएको स्वीकार गरेका छन् । यद्यपि, स्थिति सुधार्न डेन्भर सहर र एम्बुलेन्स सेवा प्रदायकले नयाँ प्रविधि र मोडलमार्फत प्रणालीमा व्यापक सुधार गर्ने तयारी गरिरहेको जनाएका छन् ।

Photo: Google
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend