सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

काँग्रेसको १५औँ महाधिवेशन अघि बढाउन बाटो खुल्यो

काँग्रेसको १५औँ महाधिवेशन अघि बढाउन बाटो खुल्यो

18
Shares
18
Shares

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयलाई इजलासले सदर गरेपछि महाधिवेशन प्रक्रिया अघि बढ्ने भएको हो।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधवार सर्वोच्च प्रशासनले गरेको दरपिठ आदेशलाई सदर गरेको हो।

इजलासले महाधिवेशनसँग सम्बन्धित कुनै पनि प्रक्रिया रोक्नुपर्ने अवस्था नदेखिएको भन्दै रिट दर्ता गर्न नमिल्ने आधारसहित रजिस्ट्रारबाट गरिएको दरपिठ आदेशलाई बदर गर्न आवश्यक नरहेको ठहर गरेको छ।

काँग्रेसको आधिकारिकता विवाद र निर्वाचन आयोगको निर्णयसम्बन्धी यसअघिको फैसलामाथि पुनरावलोकनको मागसहितको मुद्दा विचाराधीन रहेको भन्दै महाधिवेशन रोक्न माग गरिएको थियो।

अधिवक्ता मणिराम उपाध्यायले महाधिवेशन प्रक्रिया स्थगित गर्न माग गर्दै रिट दर्ता गर्न खोजेका थिए। सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यस विरुद्ध इजलासमा निवेदन पुगेको थियो।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend