बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अनलाइन ठगी आरोपमा ३ भारतीयसहित ४ जना पक्राउ

अनलाइन ठगी आरोपमा ३ भारतीयसहित ४ जना पक्राउ

27
Shares
27
Shares

हेटौँडा । मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिक र एक नेपाली होटेल सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा हेटौँडा–१० स्थित बास्तोला होटेलबाट भारतको बिहार, पटना निवासी इन्द्रजित सरकार (२७), सहर्षजित सरकार (२०), अमनराज (२३) र होटेल सञ्चालक दीपक बास्तोलालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले टेलिग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत समूह बनाएर नेपाली तथा भारतीय नागरिकलाई विभिन्न प्रलोभन देखाई अनलाइन ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूमाथि मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनलाइन ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, उनीहरूले प्रयोग गरेका ह्वाट्सएप र टेलिग्राम आइडीमार्फत ठगिएका व्यक्तिलाई आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ। Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend