बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

निर्यात उद्योगका समस्या समाधानमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री साह

निर्यात उद्योगका समस्या समाधानमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री साह

27
Shares
27
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निर्यातमुखी उद्योग–व्यवसायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा गलैँचा, प्लाइउड, पस्मिना र डग च्यु उद्योगका प्रतिनिधिहरूले निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अवरोधबारे ध्यानाकर्षण गराएका थिए।

छलफलपछि प्रधानमन्त्री साहले अमेरिकी बजारमा नेपाली गलैँचा निर्यात सहज बनाउन आवश्यक कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। साथै, ऊनको क्वरेन्टिन प्रमाणीकरण प्रक्रिया छिटो बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्लाइउड उद्योगका कच्चा पदार्थको निर्यात नियन्त्रण, पस्मिना उद्योगका लागि चरन क्षेत्रसम्बन्धी कानुन संशोधन तथा डग च्यु उद्योगका कानुनी समस्याबारे पनि आवश्यक अध्ययन गरी सम्बोधन गर्ने आश्वासन प्रधानमन्त्री साहले दिएका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend