मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

RMFN Summer Picnic 2026

RMFN Summer Picnic 2026

55
Shares
55
Shares

निमन्त्रणा !!!

आदरणीय कोलोराडोस्थित सम्पूर्ण नेपालीभाषीहरुको संघ संस्था, यसका अध्यक्षज्यूहरु, कार्यकारी सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, आदरणीय समाजसेवीज्यूहरु, व्यापारी वर्ग, विभिन्न पेसामा आबद्ध पेशाकर्मीज्यूहरु, पत्रकारज्यूहरू, नेपाली भाषी समुदायका आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा Rocky Mountain Friends of Nepal (RMFN) को तर्फबाट न्यानो माया अनि हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौँ । हामी सबै जानकार छौँ कि विभिन्न संघ संस्था तथा समुदायहरूले यस समर अवधिभर विभिन्न खालका वनभोज कार्यक्रमहरू आयोजना गरि रहनुभएको छ र यहाँहरूले आफ्‌नो परिवारसहित उपस्थित भई व्यस्त समयको बाबजुद साथीभाइ तथा इस्ट मित्रसँग भलाकुसारी गर्दै भरपुर मनोरञ्जन लिइरहनुभएको छ भन्ने विश्वास लिएका छौँ । समर अवधिमा गरिने यस्ता पिकनिक कार्यक्रमहरूले कोलोराडोवासी नेपाली समुदायलाई मनोरन्जनका साथै सामुदायिक एकताका लागि पनि यथेष्ट योगदान गरिरहेको छ । सधैँ भैँ यसबर्षको समर पिकनिकमा पनि सम्पूर्ण कोलोराडोवासी नेपाली भाषी समुदाय एकाकार भई आपसी सद्भाव साट्न र सहयोगको भावना विकास गर्ने कार्यलाई सघाउन आरएमएफएनले आयोजना गरेको र कोलोराडोमा सक्रिय रहेका विभिन्न सामुदायिक संघ संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागितामा संचालन गरिने “समर पिकनिक २०२६” मा सपरिवार उपस्थित भई भरपुर मनोरञ्जन लिनुहुन हार्दिक अनुरोध गर्दछौँ । साथै आफ्‌ना साथीभाइहरू तथा कार्यक्षेत्रमा कार्यरत सहपाठीहरूलाई पनि निम्तो दिई उपस्थित गराउन सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।

पिकनिक सम्बन्धी कुनै पनि जानकारी चाहिएमा वा यस कार्यक्रमलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया आरएमएफएनका कुनै पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूलाई खबर गर्न सक्नुहुनेछ ।

पिकनिकको मिति: आइतबार २ अगस्ट, २०२६ (१७ श्रावण २०८३)
समय: दिनको 2 देखि साँझको 7 बजेसम्म
स्थान: 1 E Memorial Parkway,
Northglen CO 80233
प्रवेश शुल्क: १० डलर (१० बर्ससम्मका बालबालिकाहरूका लागि प्रवेश निःशुल्क)

भवदीय,
हरि गुरुङ
अध्यक्ष
Rocky Mountain Friends of Nepal (RMFN)

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend