बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

कोलोराडोमा नेपाली क्रिकेटको नयाँ सुरुआत: तीन टोली एकीकृत भई ‘CNYC’ गठन

कोलोराडोमा नेपाली क्रिकेटको नयाँ सुरुआत: तीन टोली एकीकृत भई ‘CNYC’ गठन

403
Shares
403
Shares

कोलोराडो, अमेरिका — कोलोराडोस्थित नेपाली समुदायमा क्रिकेट खेललाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित तीन प्रमुख क्रिकेट टोली एकीकृत भएका छन्। रकी माउन्टेन क्रिकेट क्लब, कोलोराडो राइनोज र अरोरा एभरेष्ट क्रिकेट क्लब अब संयुक्त रूपमा ‘कोलोराडो नेपाल युथ क्लब’ (CNYC) को नामबाट मैदानमा उत्रिने भएका हुन्।

नयाँ गठन गरिएको टोलीले कोलोराडो क्रिकेट लिग (CCL) मा प्रतिस्पर्धा गर्नेछ। टोली व्यवस्थापनका अनुसार, विभिन्न टोलीमा छरिएर रहेका प्रतिभाशाली खेलाडीहरूलाई एउटै छानामुनि ल्याई सशक्त र प्रतिस्पर्धी टोली निर्माण गर्ने लक्ष्य लिइएको छ।

नयाँ संरचना अनुसार निरोज दाहाललाई कप्तान, सामयोग दाहाललाई उप-कप्तान तथा मुकेश झालाई टोली संयोजकको जिम्मेवारी दिइएको छ। साथै, उत्कृष्ट खेलाडी छनोटका लागि सुशील दाहाल, उत्सव पन्त, निरोज दाहाल र मुकेश झा सम्मिलित छनोट समिति पनि गठन गरिएको छ।

CNYC ले सन् २००४ मा स्थापना भई ‘USA Cricket Association’ सँग आबद्ध कोलोराडो क्रिकेट लिग (CCL) मा सहभागिता जनाउनेछ। उक्त लिगमा लेदर बल क्रिकेटका साथै ‘ट्वेन्टी–२०’ र ‘४० ओभर’ (प्रिमियम) ढाँचाका खेलहरू सञ्चालन हुँदै आएका छन्, जसलाई अमेरिकी राष्ट्रिय टोलीसम्म पुग्ने एउटा महत्त्वपूर्ण आधारका रूपमा लिइन्छ।

यसैबिच, टोलीले स्थानीय व्यवसायी तथा उद्यमीहरूलाई प्रायोजनका लागि आह्वान गर्दै नेपाली क्रिकेटको विकासमा सहकार्य गर्न आग्रह गरेको छ। इच्छुक व्यक्तिहरूले टोलीसँग सम्पर्क गरी आफ्नो व्यवसायको लोगो जर्सीमार्फत प्रवर्द्धन गर्न सक्ने जनाइएको छ।

सम्पर्कका लागि:
मुकेश: ७२०-३५२-७७१६
सुशील: ७२०-८९१-९९१३
निरोज: ७२०-४६७-५६९२
इमेल: fairfieldcricketclub@gmail.com

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend