सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

गजल

गजल

69
Shares
69
Shares

हरेक प्रहर नियतिका चोटहरू खाएछु म 
अझर,अमर्,अमिट् प्रीत पल-पल लाएछु म 

साक्षी उनै परमेश्वर छन् निर्मोहीका बाचा सुन्ने 
मृत्यु बोक्ने बाचा कसम हार बनाई लाएछु म
अझर,अमर्,अमिट् प्रीत ……

हृदयका हरेक पाट टुक्रा पारी उनलाई दिई 
बैगुनी लाई गुनले मार्ने प्रयास गर्न चाएछु म 
अझर,अमर्,अमिट् प्रीत ……

हरेक क्षण ज्वाज्वल्यमान आगाका फिलिङा हौ 
डापिला डामका डोभहरु अँगाल्दै आएछु म 
अझर,अमर्,अमिट् प्रीत …… 

न्याउली रुने डाली  बसी, कोइली रुने बन कठै 
भुईँमै बसी रुदै बाचा कसमहरु खाएछु म 

  • प्रतिक्रिया दिनुहोस

    शङ्कर पाण्डे का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend