बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जुलाईमा २२ नेपाली अमेरिकाबाट डिपोर्ट

जुलाईमा २२ नेपाली अमेरिकाबाट डिपोर्ट

1.2K
Shares
1.2K
Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय अनुसार जुलाई महिनामा २२ जना नेपाली २ जना महिला र २० जना पुरुष सहित अमेरिकाबाट नेपाल डिपोर्ट भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि जनवरी २०२५ देखि २०० भन्दा धेरै नेपाली अमेरिकाबाट नेपाल डिपोर्ट भएका छन् । अमेरिकाले अवैध रूपमा बस्ने विदेशीहरूलाई पक्राउ गरी देशबाट निकाल्ने नीति कडा बनाएको छ । यसले धेरै नेपालीहरूलाई असर पारेको छ ।

२०२५ मा डिपोर्ट हुने नेपालीहरूको संख्या:
जनवरी: ६ जना
फेब्रुअरी: १८ जना
मार्च: ३२ जना
अप्रिल: २६ जना
मे: ५८ जना
जुन: ४२ जना
जुलाई: २२ जना

नेपाल सरकारले डिपोर्ट भएका नागरिकहरूलाई सजिलै स्वीकार गर्दै आएको छ। अमेरिकामा रहेको नेपाली दुतावासले यसमा सहयोग गरिरहेको छ । केही देशहरूले आफ्ना नागरिकहरूलाई फिर्ता लिन अस्वीकार गरे पनि नेपालले यस्तो गरेको छैन ।

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend