सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला र शैक्षिक सामग्री वितरण

43
Shares
43
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु  वितरण गरिएको छ। संघको बालुवाटारस्थित आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। यस सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण हुने विद्यालय पक्षको भनाइ छ। उक्त सामग्रीहरु स्थानीय तहमा विद्यालयमार्फत वितरण गरिने छ। एनसीसी जापानले वान एनसीसी वान च्यारिटी परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend