सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

एमालेमा फर्किने विद्या भण्डारीको घोषणा

एमालेमा फर्किने विद्या भण्डारीको घोषणा

181
Shares
181
Shares

काठमाडौँ । नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन् ।

आज शनिवार (मदन भण्डारीको जन्म जयन्तीको दिन) काठमाडौँमा भएको कार्यक्रममा उनले भनेकी छिन्, “मैले एमालेको सदस्यता नवीकरण गरेको छु। म फेरि पार्टीमै जोडिएकी छु ।”

भण्डारी राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्ष थिइन्। उनी २०७२ मा पहिलो पटक र २०७४ मा दोस्रो पटक राष्ट्रपति बनेकी थिइन्। अब उनी फेरि एमालेको राजनीतिमा सक्रिय हुने भएकी छिन्।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend