बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एनआरएनए अमेरिकाका दुवै कमिटीहरू एक हुने सहमति

एनआरएनए अमेरिकाका दुवै कमिटीहरू एक हुने सहमति

249
Shares
249
Shares

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाबिच एकता हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका टेनेसीमा दर्ता भई गैर आवासीय नेपाली सङ्घको स्थापनाकालदेखि नै सञ्चालन भई आएको संस्था हो भने गैर आवासीय नेपाली संघ अमेरिका २०२३ देखि सञ्चालन हुँदै आएको हो।

यो एकताको लागि दुई संस्थाका अध्यक्षहरू डाक्टर अर्जुन बन्जाडे र सूर्य लम्सालले लिखित सहमति गरेका छन् । उक्त सहमति अनुसार डा अर्जुन बन्जाडेले नेतृत्व गरेको एनआरएनए एनसीसी अमेरिकाले सङ्घका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सूर्य लम्सालको उपस्थिति रह्यो। त्यस्तै सूर्य लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले सङ्घका अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न न्यू योर्कमा हुन गइरहेको कार्यक्रममा पनि डाक्टर अर्जुन बन्जाडे र अन्य पदाधिकारीहरूको उपस्थिति हुने भएको छ।

शुक्रवार बाल्टिमोरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले एनआरएनए विवादका कारण संस्थाप्रति नै नकारात्मक धारणा बनेको बताए । उनले काठमाडौँमा गत महिना सम्पन्न एकता महाधिवेशनको मर्म बमोजिम संस्थालाई एकजुट बनाउन आफुले सक्दो पहल गरिरहेको पनि जनाए।

२०२२ मार्चमा काठमाडौँमा छुट्टाछुट्टै एनआरएनएका दशौँ महाधिवेशन आयोजना गरिए पछि अमेरिकामा पनि एनआरएनएका छुट्टाछुट्टै कमिटीहरू गठन भएका थिए।

अमेरिकाका दुवै कमिटीहरूबिच एकता प्रक्रिया बढाउन भएको सहमतिले संसारभरि नै एउटा सकारात्मक संदेश गएको एनआरएन अभियन्ताहरूले बताएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend