काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएको पर्यटन विभागले जनाएको छ।
विभागका अनुसार विभिन्न ट्रेकिङ तथा पर्यटन कम्पनीमार्फत कैलाश मानसरोवर यात्रा र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका विदेशी पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्।
बेपत्ता विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिंग विवरण खुल्न नसकेको विभागले जनाएको छ। सबैभन्दा धेरै भारतका १८९ नागरिक बेपत्ता छन्।
बेपत्ता विदेशी नागरिकको देशअनुसार विवरण यस्तो छ:
* भारत १८९
* अमेरिका ६५
* मलेसिया ५५
* युक्रेन ५४
* चीन ३७
* अष्ट्रेलिया ३३
* लाटभिया ३३
* बेलायत ३२
* क्यानडा ३०
* जर्मनी ८
* सिंगापुर ९
* कोरिया ९
* रसिया ६
* दक्षिण अफ्रिका ६
* न्युजिल्यान्ड ५
* जापान ५
* फ्रान्स ४
* काजकिस्तान ३
* बेलारुस २
* आयरल्यान्ड २
* नेदरल्यान्ड्स २
* पोर्चुगल २
* स्पेन २
* बेल्जियम २
* इटाली २
* इस्टोनिया २
* फिनल्यान्ड १
* हंगेरी १
* इजरायल १
* लिथुआनिया १
* फिलिपिन्स १
* स्वीडेन १
* स्विट्जरल्यान्ड १
* भियतनाम १
विभागका सुचना अधिकारी सुरज घिमिरेका अनुसार बाढीमा नेपालका १८८ जना पनि बेपत्ता भएका छन्। उनीहरूमा विदेशी पर्यटकका सहयोगीका रूपमा गएका नेपाली तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा रहेका नेपाली नागरिक छन्। बेपत्ता नेपालीमध्ये १६१ पुरुष र २७ महिला छन् ।
विभागका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला रहेका छन् ।
बाढीपछि बेपत्ता पर्यटकको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायले अभियान जारी राखेका छन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend