सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

रसुवा बाढी: शनिवार थप विदेशी पर्यटकको उद्धार, ३२० जना अझै बेपत्ता

रसुवा बाढी: शनिवार थप विदेशी पर्यटकको उद्धार, ३२० जना अझै बेपत्ता

31
Shares
31
Shares

काठमाडौँ –नेपाल पर्यटन बोर्डका अनुसार रसुवामा आएको बाढीपहिरोमा बेपत्ता भएका विदेशी पर्यटकमध्ये हालसम्म २६१ जनाको सफल उद्धार गरिएको छ । बोर्डले शनिवार साँझ ६:३० बजे जारी गरेको विज्ञप्तिमा उद्धार गरिएकामध्ये १६७ जना भारतीय र ४० जना चिनियाँ नागरिक रहेको उल्लेख छ ।

हालसम्म १५ विभिन्न देशका नागरिकहरूको उद्धार भएको बोर्डले जनाएको छ, यद्यपि उद्धार गरिएकामध्ये २० जनाको राष्ट्रियता भने अझै खुल्न बाँकी छ । यस्तै, बोर्डको पछिल्लो तथ्याङ्क अनुसार अझै ३२० जना विदेशी पर्यटक सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend