सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

२ वर्षपछि आज पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

२ वर्षपछि आज पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

85
Shares
85
Shares

नयाँ दिल्ली । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छोडेको दुई वर्षपछि आज पहिलो पटक सार्वजनिक रूपमा देखिन लागेकी छन् । उनी नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले आयोजना गरेको कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्ने कार्यक्रम छ।

हसिनाको सम्बोधन रोक्न बंगलादेश सरकारले भारतसँग आग्रह गरेको भए पनि भारत सरकारले उक्त कार्यक्रममा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो कार्यक्रम निजी संस्थाले आयोजना गरेको र यसमा व्यक्त हुने विचारप्रति भारत सरकार जिम्मेवार नरहेको बताएका छन्।

शेख हसिनाले सन् २०२४ अगस्ट ५ मा सरकारविरुद्धको आन्दोलन चर्किएपछि बंगलादेश छोडेकी थिइन्। प्रदर्शनकारीहरू उनको सरकारी निवाससम्म पुगेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिई सेनाको विमानमार्फत भारत पुगेकी थिइन्।

देश छोड्न बाध्य भएको ठिक दुई वर्षपछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेकी हुन्। कार्यक्रममा उनका छोरा सजीव वाजेद जोय तथा अवामी लिगका अन्य नेताहरूको पनि सहभागिता रहने बताइएको छ।

सन् १९५८ मा स्थापना भएको फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया नयाँ दिल्लीस्थित पत्रकारहरूको संस्था हो। भारतीय सञ्चारमाध्यमका अनुसार हसिनाको भर्चुअल सम्बोधन साँझ ६ बजेदेखि ७:३० बजेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend