आइतबार, कार्तिक २ २०८३

२ कार्तिक २०८३ , आइतबार | October 18, 2026 Sunday

दशैं–तिहार कप २०२६ को उपाधि Colorado Dragons लाई

दशैं–तिहार कप २०२६ को उपाधि Colorado Dragons लाई

102
Shares
102
Shares

कोलोराडो, अमेरिका । Rocky Mountain Cricket Club र Colorado Rhinos को संयुक्त आयोजनामा सम्पन्न ‘HHHE दशैं–तिहार कप २०२६’ को उपाधि Colorado Dragons ले जितेको छ। रोमाञ्चक फाइनल भिडन्तमा Colorado Rhinos लाई ७ विकेटले पराजित गर्दै Dragons च्याम्पियन बनेको हो ।

अन्तिम तथा निर्णायक खेलमा १६० रनको विजय लक्ष्य पछ्याएको Colorado Dragons ले उत्कृष्ट ब्याटिङको मद्दतले १५.४ ओभरमै ३ विकेटको क्षतिमा १६१ रन बनाउँदै जित हासिल गर्‍यो । Dragons को जितमा सरोज बस्नेतले ३३ बलमा अविजित ६५ रनको आक्रामक पारी खेले भने ओम खनालले ३८ रनको महत्वपूर्ण योगदान दिए। उत्कृष्ट तथा निर्णायक इनिङ्स खेलेका सरोज बस्नेत खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

यसअघि टस जितेर/पहिले ब्याटिङ गरेको Colorado Rhinos ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन जोडेको थियो। Rhinos का लागि अर्जुन पौडेलले २७ बलमा ४५ रन, साकार दाहालले अविजित ४२ रन र साम्योगले ३० रन बनाएका थिए। Dragons का बलर प्रबिनले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिएका थिए।

शानदार प्रदर्शनसहित फाइनल जितेसँगै Colorado Dragons ले ‘HHHE दशैं–तिहार कप २०२६’ को विजेता ट्रफी आफ्नो नाममा गरेको छ।

संक्षिप्त नतिजा:
Colorado Rhinos: १५९/४ (२० ओभर)
Colorado Dragons: १६१/३ (१५.४ ओभर)

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend