काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् ।
शनिवार बिहान प्रहरीको टोलीले श्रेष्ठलाई नख्खुस्थित उनकै घरबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपश्चात् उनलाई सोधपुछ तथा अनुसन्धानका लागि भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा लगिएको थियो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको हो ।
साइबर ब्युरोमा दुवै पक्ष (उजुरीकर्ता हिमेश पन्त र पत्रकार किशोर श्रेष्ठ) बिच लामो समयसम्म छलफल भएको थियो । छलफलपश्चात् दुवै पक्षबिच सहमति बनेपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमुक्त गरेको ब्युरोले जनाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend