डेनभर, अमेरिका । वालमार्टले आफ्नो ड्रोनमार्फत सामान डेलिभरी सेवा सन् २०२७ देखि डेनभर र सियाटल क्षेत्रमा विस्तार गर्ने भएको छ।
Wing सँगको सहकार्यमा सञ्चालन भइरहेको यो सेवा अमेरिकाभर २७० भन्दा बढी वालमार्ट स्टोरसम्म विस्तार गर्ने कम्पनीको योजनाअन्तर्गत हो । हाल डलास–फोर्ट वर्थ, एटलान्टा, ह्युस्टन र ओर्लान्डोलगायत क्षेत्रमा सेवा सञ्चालनमा छ ।
Wing का ड्रोनले अधिकतम ५ पाउन्डसम्म सामान बोक्न सक्छन् र प्रतिघण्टा ६० माइलसम्मको गतिमा उड्न सक्छन् । सेवा सुरु भएपछि ग्राहकले वालमार्ट एप वा वेबसाइटबाट ड्रोन डेलिभरी विकल्प छनोट गर्न सक्नेछन् ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend