आइतबार, कार्तिक २ २०८३

२ कार्तिक २०८३ , आइतबार | October 18, 2026 Sunday

डेनभरमा पानीको फजुल खर्च गर्नेलाई १ लाख ७५ हजार डलर जरिवाना

डेनभरमा पानीको फजुल खर्च गर्नेलाई १ लाख ७५ हजार डलर जरिवाना

30
Shares
30
Shares

डेनभर । अमेरिकाको डेनभर वाटरले अक्टोबर महिनाको सुरुदेखि हालसम्म लनमा पानी हाल्ने नियम उल्लङ्घन गर्नेहरूलाई १ लाख ७५ हजार ५०० डलर जरिवाना गरेको छ।

डेनभर वाटरका अनुसार दुई साताभन्दा कम समयमा पानीको दुरुपयोगसम्बन्धी ८४० वटा उजुरी प्राप्त भएका छन् । त्यसपछि करिब ३०० उल्लङ्घनका घटना पुष्टि गर्दै जरिवाना गरिएको हो । अधिकांश घटना आवासीय क्षेत्रका छन्। घरधनीलाई ५०० देखि १ हजार डलरसम्म जरिवाना हुन सक्छ ।

अक्टोबर १ देखि डेनभर वाटरका ग्राहकले पछिल्लो पाँच वर्षको सोही अवधिको तुलनामा पानीको प्रयोग ३४ प्रतिशत घटाएका छन् ।

अत्यधिक गर्मी र गत हिउँदमा कम हिमपातका कारण महानगर क्षेत्रलाई पानी आपूर्ति गर्ने जलाशयहरू हाल ६७ प्रतिशत मात्र भरिएका छन्। सामान्यतया यस समयमा जलाशयहरू ९० प्रतिशत भरिएका हुन्छन् ।

डेनभर वाटरले अर्को सूचना जारी नभएसम्म लनमा पानी हाल्न प्रतिबन्ध जारी रहने जनाएको छ। अधिकारीहरूले हिउँदमा पर्याप्त हिमपात र वसन्तमा हिउँ पग्लेर पानीको बहाव नबढेसम्म जलाशय पूर्ण रूपमा भरिने सम्भावना कम रहेको भन्दै सर्वसाधारणलाई पानी बचत गर्न आग्रह गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend