आइतबार, कार्तिक २ २०८३

२ कार्तिक २०८३ , आइतबार | October 18, 2026 Sunday

विश्व नेपाली साहित्य महासङ्घको अमेरिका राष्ट्रिय समिति गठन

विश्व नेपाली साहित्य महासङ्घको अमेरिका राष्ट्रिय समिति गठन

51
Shares
51
Shares

अमेरिका, संयुक्त राज्य अमेरिकामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा विश्वव्यापीकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ (GFNL) को अमेरिका राष्ट्रिय समिति गठन गरिएको छ।

विश्व केन्द्रीय समितिको जुलाई १९, २०२६ को निर्णयअनुसार अध्यक्षमा रिता देवी प्रधान ‘ऋताम’, वरिष्ठ उपाध्यक्षमा मोहन यादव र उपाध्यक्षमा शकुन्तला अधिकारी चयन भएका छन्।

त्यस्तै महासचिवमा यशोदा लामा, सचिवमा हरि कृष्ण अधिकारी, संगठन सचिवमा अनिल मल्लिक र कोषाध्यक्षमा कृष्णश्री श्रेष्ठ चयन भएका छन्। समितिमा विभिन्न राज्यका साहित्यकार तथा सर्जकहरू सदस्यका रूपमा रहेका छन्।

महासङ्घले अमेरिका राष्ट्रिय समितिका लागि पाँच सदस्यीय सल्लाहकार समूह समेत गठन गरेको छ। समितिले अमेरिकामा रहेका नेपाली साहित्यकार तथा साहित्य प्रेमीलाई जोड्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा काम गर्ने जनाइएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend