बिहिबार, असोज २९ २०८३

२९ असोज २०८३ , बिहिबार | October 16, 2026 Friday

१३ राजदुतमध्ये १० जनाको नाम अनुमोदन, सुनारको नाम अस्वीकृत

१३ राजदुतमध्ये १० जनाको नाम अनुमोदन, सुनारको नाम अस्वीकृत

12
Shares
12
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदुतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ । समितिको बुधवार बसेको बैठकले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको हो ।

समितिले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरा र जर्मनीका लागि सरू जोशीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

त्यस्तै, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झाको नाम पनि अनुमोदन गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend