बिहिबार, असोज २९ २०८३

२९ असोज २०८३ , बिहिबार | October 16, 2026 Friday

तमु प्ये ल्हु अमेरिकाको ‘तमु (गुरुङ) स्मारिका’ पोखरामा लोकार्पण

तमु प्ये ल्हु अमेरिकाको ‘तमु (गुरुङ) स्मारिका’ पोखरामा लोकार्पण

13
Shares
13
Shares

पोखरा । तमु प्ये ल्हु अमेरिकाद्वारा प्रकाशित ‘तमु (गुरुङ) स्मारिका’ को पोखरामा लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओम गुरुङ, तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष सन्तोष गुरुङ तथा स्मारिकाका लेखकहरूले संयुक्त रूपमा स्मारिका लोकार्पण गरेका थिए।

स्मारिका प्रकाशनमा योगदान पुर्‍याउने डा. पोलबहादुर गुरुङ, पिपिसी यार्जङ गुरुङ, लोकबहादुर गुरुङ, पमबहादुर गुरुङ, तेजबहादुर गुरुङ, दिपेन्द्र पहाडी, ओमप्रकाश गुरुङ, कुहिनुर प्रेसका सञ्चालक वसन्त बास्तोला र सोसल पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल सिद्धार्थ शर्मालाई प्रशंसापत्र, फेटा र मालासहित सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ओम गुरुङले गुरुङ समुदायको भाषा, धर्म, संस्कृति र मौलिक संस्कार संरक्षणमा संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। उनले बदलिँदो परिवेशमा समुदायको मौलिक पहिचान जोगाउन यस्ता प्रयास महत्त्वपूर्ण रहेको बताए।

स्मारिकाका लेखक पिपिसी यार्जङ गुरुङले पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको ‘प्ये’ (शास्त्र) लाई लिपिबद्ध गरी भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए। पच्यु चिबा डा. पोलबहादुर गुरुङले पनि गुरुङ समुदायको इतिहास, संस्कार, संस्कृति र विश्वासबारे अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताए।

कार्यक्रम संयोजक खिमबहादुर गुरुङका अनुसार गत जुन २८ मा तमु प्ये ल्हु अमेरिकाको चौथो अधिवेशन तथा १२औँ स्थापना दिवसका अवसरमा स्मारिका विमोचन गरिएको थियो। नेपालका पाठकमाझ पुर्‍याउने उद्देश्यले पोखरामा पुनः लोकार्पण कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चक्र गुरुङले सहयोगी सबैलाई धन्यवाद दिएका थिए । खिमबहादुर गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रम क्रोम्छे तमु समाज नेपालका निवर्तमान अध्यक्ष गुप्तबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend