आइतबार, कार्तिक २ २०८३

२ कार्तिक २०८३ , आइतबार | October 18, 2026 Sunday

कलकत्ताको दुर्गा पुजा पण्डालमा भागदौड, ३५ जना अस्पतालमा

कलकत्ताको दुर्गा पुजा पण्डालमा भागदौड, ३५ जना अस्पतालमा

8
Shares
8
Shares

कलकत्ता, भारत । भारतको पश्चिम बंगालस्थित कलकत्ताको चोरबागान सार्वजनिक दुर्गा पुजा पण्डालमा शनिवार साँझ भागदौड हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार शनिवार साँझ करिब ७:४० बजे भारी वर्षाका बिच पण्डालको निकासद्वारमा अत्यधिक भीड भएपछि भागदौड भएको हो । घाइतेमध्ये करिब ३५ जनालाई मेडिकल कलेज तथा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी, दमकल, विपद् व्यवस्थापन टोली र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । पण्डाललाई सर्वसाधारणका लागि बन्द गरिएको छ । घटनामा केही व्यक्तिको मृत्यु भएको आशंका गरिए पनि मृतकको आधिकारिक संख्या पुष्टि हुन बाँकी छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend