काठमाडौं । रियालिटी शो “एक्टिङ स्टार”मा सृजना सुवेदी र उनका पति विवेक पंगेनीको हृदय छुने कथा देखाइएको छ । यो कथामा नविना रानाभाटले सृजनाको भूमिका निभाएर राम्रो अभिनय गरिन् ।
सृजनाका पति विवेकलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको माया, सेवा र त्यागको कथा नविनाले मञ्चमा प्रस्तुत गरिन्। उनको अभिनयले दर्शकहरूलाई भावुक बनायो। विवेकको मृत्युको दृश्यमा नविनाले गरेको अभिनयले सेटमा उपस्थित सबैलाई रुलाएको थियो। शो अघि नविनाले सृजनासँग भेट गरेर उनको कथा सुनेकी थिइन्। सृजनाले आफ्नो दुःखद तर प्रेरणादायी कथा सार्वजनिक गर्न अनुमति दिएकी थिइन्। यसैले यो प्रस्तुति बनाइएको हो।
“एक्टिङ स्टार”ले वास्तविक जीवनका कथाहरू मञ्चमा ल्याएर नेपाली टिभीमा नयाँ मापदण्ड सेट गरेको छ । यस शोमा नेपाल र भारतबाट धेरै प्रतियोगीले भाग लिएका छन्। अहिले १३ जना फाइनलमा पुगिसकेका छन्। शो बुधबार र बिहिबार राति ९ बजे एपिवान एचडी र ओएसआर रियालिटीबाट आउँछ । दर्शकहरूले ओएसआर कनेक्ट एपबाट आफ्नो मनपर्ने कलाकारलाई भोट गर्न सक्छन्। विजेताले २० लाख रुपैयाँ र चलचित्रमा अवसर पाउनेछन् । विजेताको निर्णय दर्शकहरूको हातमा छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend