बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ट्रम्पद्वारा ‘गोल्ड कार्ड’ योजना सुरु

ट्रम्पद्वारा ‘गोल्ड कार्ड’ योजना सुरु

60
Shares
60
Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी विदेशी नागरिकलाई लक्षित गर्दै ‘गोल्ड कार्ड’ नामक नयाँ इमिग्रेशन भिसा योजना सुरू गरेका छन् । यो योजनाअन्तर्गत कम्तीमा १० लाख डलर भुक्तानी गर्ने योग्य विदेशीले अमेरिकी भिसा पाउनेछन् ।

बुधबार ट्रुथ सोशलमार्फत ट्रम्पले लेखे, “यो कार्डले योग्य र प्रमाणीकरण भएकाहरूलाई सीधा नागरिकताको बाटो खोल्नेछ। यो निकै उत्साहजनक कदम हो। अब हाम्रो महान अमेरिकी कम्पनीहरूले आफ्नो मुल्यवान प्रतिभा जोगाइराख्न सक्नेछन् ।”

गोल्ड कार्डको प्रारम्भिक घोषणा यसै वर्षको सुरुआतमा गरिएको थियो । आधिकारिक वेबसाइटका अनुसार, यो भिसा त्यस्ता व्यक्तिलाई प्रदान गरिन्छ, जसले अमेरिकालाई ‘महत्वपुर्ण लाभ’ पुर्‍याउन सक्ने क्षमता प्रमाणित गर्छन् ।

यो योजना त्यतिबेला ल्याइएको हो जब वाशिंगटनले इमिग्रेशन कडाइ गरीरहेको छ—वर्क भिसा शुल्क वृद्धि, कागजातविहीन आप्रवासीको निर्वासन लगायतका कडा नीतिहरू लागु गर्दै।

गोल्ड कार्डले ‘रेकर्ड समय’ भित्र नागरिकता दिने वाचा गरेको छ, जसका लागि बेसिक शुल्क १० लाख डलर तोकिएको छ। कर्मचारी स्पोन्सर गर्ने कम्पनीहरूले २० लाख डलरसहित अतिरिक्त शुल्क तिर्नुपर्नेछ।

वेबसाइटका अनुसार, विशेष कर छुटसहित ‘प्लाटिनम’ संस्करण पनि चाँडै उपलब्ध हुनेछ, जसको लागत ५० लाख डलर रहनेछ। फेब्रुअरीमा पहिलो घोषणा भएदेखि नै यो योजनाले आलोचना खेपिरहेको छ। केही डेमोक्र्याट नेताहरूले यसले अमीर वर्गलाई अनुचित लाभ पुर्‍याउने दाबी गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend