बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दीपिका पादुकोन हलिउड वाक अफ फेममा तारा (स्टार) पाउने पहिलो भारतीय अभिनेत्री

दीपिका पादुकोन हलिउड वाक अफ फेममा तारा (स्टार) पाउने पहिलो भारतीय अभिनेत्री

140
Shares
140
Shares

मुम्बई । दीपिका पादुकोनले हलिउड वाक अफ फेममा तारा अर्थात् स्टार पाउने पहिलो भारतीय अभिनेत्री बनिन । यसले उनलाई विश्वभरिका मनोरञ्जन जगतका प्रमुख सिताराहरूको सूचीमा स्थापित गर्‍यो ।

यो खबर ओभेसन हलिउडमा भएको प्रेस कान्फ्रेन्समा सार्वजनिक गरिएको थियो, जहाँ २०२६ का सम्मानित व्यक्तिहरूको घोषणा गरियो । दीपिकालाई एमिली ब्लन्ट, टिमोथी चालामेट, रामी मालेक, स्ट्यान्ली टुची, माइली साइरस, गर्डन रामसे र रेचल म्याकएडम्स जस्ता अन्तर्राष्ट्रिय सिताराहरूसँगै सम्मानित गरिनेछ ।

के हो हलिउड वाक अफ फेम?
हलिउडको प्रसिद्ध पैदल मार्गमा राखिने स्टार हो । यो चलचित्र, टेलिभिजन, संगीत, रेडियो र थिएटर जगतका प्रतिभाहरूलाई सम्मान गर्न दिइन्छ । साथै यो १९६० देखि यो परम्परा चलिआएको छ भने अहिलेसम्म २,७०० भन्दा बढी ताराहरू राखिएका छन् ।

दीपिका यो सम्मान पाउने पहिलो भारतीय अभिनेत्री हुन् । यसअघि १९६० मा साबु दस्तागीर (चलचित्र ‘एलिफेन्ट ब्वाइ’का कलाकार) र २०२३ मा मिन्डी कालिङले यस्तै सम्मान पाएका थिए ।

दीपिकाले आफ्नो इन्स्टाग्राममा यस उपलब्धिलाई “धन्यवाद…” भनेर स्वागत गरिन् । उनको यो सफलताले भारतीय सिनेमाको विश्वव्यापी पहुँचलाई फेरि एक पटक प्रमाणित गर्‍यो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend