वासिङ्टन डिसी— अमेरिकी सरकारले चार्ली किर्क नामक हत्या गरिएका दक्षिणपन्थी कार्यकर्तासम्बन्धी अभिव्यक्तिका कारण छ जनाको अमेरिकी भिसा फिर्ता लिएको अर्थात् खारिज गरेको छ।
मंगलबार अमेरिकी विदेश मन्त्रालयले जानकारी गराएको अनुसार, ती छ व्यक्तिले सामाजिक सञ्जाल तथा अनलाइन क्लिपमार्फत चार्ली किर्कको विषयमा दिएका अभिव्यक्तिको समीक्षा गरी उनीहरूको भिसा खारेज गरिएको हो ।
यस घटनापछि प्रशासन र तिनका समर्थकहरू आलोचनात्मक टिप्पणी गर्ने पत्रकार, शिक्षकलगायतका व्यक्तिहरूलाई जागिरबाट बर्खास्त गर्ने या अन्य प्रकारका अनुसन्धानात्मक कारबाही गर्ने क्रम बढेको छ। यसले अभिव्यक्ति स्वतन्त्रताको विषयमा प्रश्न उठाएको छ ।
चार्ली किर्कको बारेमा टिप्पणी गर्नेहरूप्रति प्रशासनले लक्षित कदम चालेपछि स्वतन्त्र विचारका अधिकारमा दबाब आएको आशंका नागरिक समाज र मानवअधिकारकर्मीहरूले व्यक्त गरेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend