बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

76
Shares
76
Shares

अमेरिका । यौन दुराचार लगायतका विभिन्न गम्भीर आपराधिक क्रियाकलापमा दोषी ठहर भएका सात जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट (देशनिकाला) गरी नेपाल फर्काएको छ ।

डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा २८ देखि ३९ वर्ष उमेर समुहका ती नेपालीहरूलाई डिपोर्ट गरिएको हो । खसोखासका अनुसार उनीहरूलाई यौन दुराचार, शारीरिक दुव्र्यवहार, डकैती, हतियार प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील प्रलोभन (च्याटमार्फत), र मादक पदार्थ सेवन गरी गाडी चलाएको लगायतका अभियोगमा दोषी ठहर गरी नेपाल फर्काइएको हो ।

डिपोर्ट गरिएका व्यक्तिहरूलाई न्युयोर्कको जोन अफ केनेडी, नेवार्क, लोगन अन्तर्राष्ट्रिय विमानस्थल तथा भर्जिनिया, एरिजोना र टेक्सास लगायतका स्थानबाट निष्कासन गरिएको थियो । यौन आक्रमणको आरोपमा दोषी ठहर एक ३९ वर्षीय नेपालीलाई जुलाई १५ मा न्युयोर्कबाट र नाबालिगलाई अश्लील च्याटमार्फत प्रलोभन दिएको आरोपमा दोषी ठहर एक ३० वर्षीय नेपालीलाई जुन ३ मा भर्जिनियाबाट डिपोर्ट गरिएको थियो ।

मेरिल्याण्डमा बस्दै आएका ३५ वर्षीय अर्का नेपाली पुरुष पनि सोही प्रकृतिको (नाबालिगलाई अश्लील च्याटमार्फत प्रलोभन) अभियोगमा दोषी ठहर भई जुन १० मा एरिजोनाबाट डिपोर्ट भएका छन् । यसैगरी, ३७ वर्षीय अर्का एक नेपाली पुरुष मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा टेक्सासबाट कतार हुँदै नेपाल फर्काइएका छन् । उनी सन् २०११ मार्च २९ मा दोषी ठहर भएका थिए भने अध्यागमन अदालतले सन् २०१७ जुलाई १९ मा उनको देशनिकालाको आदेश दिएको थियो ।

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend