सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

भित्री रहस्य

भित्री रहस्य

129
Shares
129
Shares

लघुकथा
मदनले छातीमा घन बजार्दै, गहको डिलमा आँसु रोकेर भन्यो, “के तिमीलाई मलामी चाहिँदैन कान्छो ?”

मलाई उसको बोलीले चसक्क छोयो । म उसको घरमा पुगेँ । गाउँले नाता भए पनि हामी वंशजकै सन्तान झैँ थियौँ । भन्दा विश्वको ध्यान आकर्षण गर्ने मुलुक। यता आउन मान्छेले जिन्दगीलाई धितो राखे । आखिर के का लागी ? सायद स्वप्नको बगैँचामा फूल भुलाउन होला । रहरको खेती उठाउन होला । मनको सानो सन्दुकमा देशको तस्बिर टाँसेर हिँडियो । प्रातः कालको कलिलो मिरमिरे देखि छिपिएको रात सम्म भाग दौडमा बित्यो । हेर्दा- खेलाडी जस्तै भागाभाग थियो । न सन्तुष्टको श्वास फेर्न पाउनु ।

पैसामा प्रकृति किन्न सकिँदैन थ्यो । हावा थियो, वासन थिएन । भाषा थियो , मिठास थिएन । नदी थियो, नदीमा संगीतको धुन थिएनन् । गगन थियो , मृत्तिका थियो तर सुगन्ध थिएन । दिन,रात,साँझ,बिहान,चन्द्र सुर्य र नवग्रह सबै-सबै थिए तर धरा (जन्मभुमि) थिएन । मानव थिए तर मानवता थिएन । म अमेरिकी जीवन देखेर सोच मग्न बनेँ ।

“मनमा लागेका दुःख पीडालाई लुकाएर अपरिचित व्यक्तिसँग पनि प्रभातको लाली जस्तै खुल्नु पर्छ। ” वसन्तको बाघ झैँ नैराश्य स्वरमा मुना बोली ।

क्षणभरमा पल्लो छिमेकीले उत्सव मनायो । बाजागाजाको धुनहरू सुन्नमा आयो । हामी काकाको दाह संस्कारमा थियौँ । पीडामा साथ दिन कोही आएनन् । स्वार्थको संसार देखेर म तर्सिएँ । बाध्य भएर म बोलेँ, “यता शव यात्रा हुँदा उता छिमेकीको घरमा उत्सव हुन्छ, मानवता मर्दैन र ?”

— हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका

  • प्रतिक्रिया दिनुहोस

    नारदप्रसाद आचार्य ‘सुदामा’ का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend