मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

क्यालिस्थेनिक्स प्रतियोगिताका लागि नेपाली खेलाडी भारत प्रस्थान

क्यालिस्थेनिक्स प्रतियोगिताका लागि नेपाली खेलाडी भारत प्रस्थान

55
Shares
55
Shares

काठमाडौं । पहिलोपटक तीन नेपाली खेलाडीले भारतको बैंगलोरमा आयोजना हुन लागेको ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’ मा सहभागिता जनाउन भारत प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर जगदीशन्द्र जोशी ‘ज्याक’को नेतृत्वमा तीन सदस्यीय टोली बुधबार भारततर्फ प्रस्थान गरेको हो। प्रतियोगिता जनवरी ९ र १० तारिखमा भारतको बैंगलोरमा आयोजना हुँदैछ।

प्रतियोगितामा स्ट्याटिक्सतर्फ समर लामा, फ्रीस्टाइलतर्फ संगम अधिकारी तथा महिला फ्रीस्टाइलतर्फ ईसुरा राईले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।

उक्त प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई खेलाडीले विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जनाइएको छ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend