बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एमाले सचिवालय बैठकको निर्णयहरु

एमाले सचिवालय बैठकको निर्णयहरु

66
Shares
66
Shares

काठमाडौं, नेकपा (एमाले)ले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना पुर्याउने निर्णय गरेको छ । साथै, चर्चित ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा पनि हटाइएको छ ।

पार्टीको गतराति भएको केन्द्रीय सचिवालय बैठकले सचिवालयको अवधारणा नै समाप्त गर्ने निर्णय गरेको छ। यसअनुसार अब एमालेमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। पार्टी उपाध्यक्ष गुरु बरालको भनाइ अनुसार लामो छलफलपछि नेताहरू यस निर्णयमा सहमत भएका छन् ।

आगामी राष्ट्रिय महाधिवेशन देखि केन्द्रीय निकायका रूपमा तीन कमिटी मात्र सक्रिय हुने गरी विधान संशोधन प्रस्ताव पेश गरिने भएको छ। १५ पदाधिकारीमध्ये अध्यक्ष र महासचिव बाहेक अन्य पदहरूको विभाजन अझै निश्चित भएको छैन। तर पार्टीका एक जना पदाधिकारीले अनौपचारिक रूपमा १ अध्यक्ष, १ महासचिव, १ उपमहासचिव, ५ उपाध्यक्ष र ७ सचिव राख्ने सहमति भएको बताएका छन् ।

केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि लामो छलफल भएको थियो। विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले ११ पदाधिकारी सुझाव गरे पनि नेताहरूले १५ पदाधिकारी राख्न आग्रह गरेपछि त्यही मानिएको हो। यस्तै, उनले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव राखे पनि नेताहरूले यसलाई २५१ सदस्यीय बनाउने निर्णय गरेका छन् ।

केन्द्रीय कमिटीको एकतिहाई सदस्य पोलिटब्युरोमा रहनेछन्। यसअनुसार, एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ (हाल यो ९९ सदस्यीय छ)।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend