बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जैशिदेवलकी मुविक्क्षालाई दोहोरो अन्तर्राष्ट्रिय स्वर्ण, जैशिदेवल युथ क्लबले जित्यो ११ पदक

जैशिदेवलकी मुविक्क्षालाई दोहोरो अन्तर्राष्ट्रिय स्वर्ण, जैशिदेवल युथ क्लबले जित्यो ११ पदक

228
Shares
228
Shares

कलकत्ता । जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङ्गका ९ खेलाडीहरूले भारतको कोलकातास्थित बिस्वा बाङ्ला कन्भेन्सन सेन्टर, न्युटाउनमा २०२५ डिसेम्बर २१ देखि २३ गतेसम्म आयोजित “द ९औँ इन्डिया टीआईए ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५” मा सहभागिता जनाउँदै नेपालका लागि ९ स्वर्ण, १ रजत र १ काँस्य गरी जम्मा ११ अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन्। यस उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राखेको छ ।

पुम्से विधातर्फ रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत पदक जिते। त्यस्तै, ग्योरोगी विधातर्फ अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्गा मगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण पदक जित्दा राहुल हाङ लिम्बुले काँस्य पदक प्राप्त गरे। यस प्रतियोगितामा मुविक्क्षा गजुरेलले दुई स्वर्ण पदक जितेर विशेष सफलता हासिल गरिन्।

प्रतियोगितामा आयोजक राष्ट्र भारतसहित नेपाल र अन्य देशका गरी करिब ६९० खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

जैशिदेवल युथ क्लबका अध्यक्ष तथा जैशिदेवल तेक्वान्दो डोजाङ्गका प्रमुख राजेश प्रजापतिको नेतृत्वमा ९ खेलाडी र ४ जना अफिसियल सहभागी थिए। टिम प्रशिक्षकका रूपमा अन्जीत राई, टिम प्रवन्धक भरत कारन्जित र टिम संयोजक संजय ध्वज जोशी रहेका थिए। प्रतियोगितामा सहभागिताका लागि आवश्यक सम्पुर्ण खर्च क्लबले नै व्यहोरेको जनाइएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend