अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बसोबास गरिरहेका सोमाली आप्रवासीलाई “फोहोर” भन्दै देश छोड्नुपर्ने टिप्पणी गरेपछि विवाद उत्पन्न भएको छ। उनले सोमालीहरूले अमेरिकामा कुनै योगदान नदिएको दाबीसमेत गरेका थिए ।
यो भनाइ त्यतिबेला आएको हो, जब संघीय अधिकारीहरूले मिनेसोटामा रहेका केही सोमाली आप्रवासीमाथि कारबाहीको तयारी गर्दै थिए । तर तथ्यांकअनुसार त्यहाँका झण्डै ५८ प्रतिशत सोमालीहरू अमेरिकी नागरिक हुन् र धेरैले प्राकृतिक नागरिकता प्राप्त गरेका छन् ।
सोमालिया दशकौँदेखि युद्ध, आतंक र अस्थिरताबाट ग्रस्त छ। अल–शबाबको गतिविधि, क्लान राजनीति र विदेशी हस्तक्षेपले देशलाई अझ कमजोर बनाएको छ। समुद्री डाकु गतिविधि पनि फेरि बढ्न थालेको बताइन्छ ।
करिब १.९ करोड जनसंख्या भएको सोमालियामा स्वास्थ्य, शिक्षा र रोजगारी गम्भीर संकटमा छन्। दीर्घ असुरक्षा र जलवायु परिवर्तनका कारण बाढी, खडेरी र चक्रवातबाट लाखौँ नागरिक प्रभावित भएका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend