बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा ट्रम्प प्रशासनको अस्थायी रोक

विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा ट्रम्प प्रशासनको अस्थायी रोक

65
Shares
65
Shares

वाशिङ्टन डी.सी.। ट्रम्प प्रशासनले वाशिङ्टन डी.सी. मा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोलीकाण्डपछि विदेशी नागरिकलाई शरण प्रदान गर्ने सम्बन्धी सबै प्रकारका निर्णयहरूमा तात्कालिक रूपमा रोक लगाउने घोषणा गरेको छ।

अमेरिकी नागरिकता तथा आव्रजन सेवा (USCIS) का निर्देशक जोसेफ एड्लोले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसको जानकारी दिएका हुन् । उनका अनुसार, विदेशी व्यक्तिहरूको “पुर्णरूपमा परीक्षण र स्क्रिनिङ पुरा भएको सुनिश्चित नहुन्जेल”सम्म शरणसम्बन्धी निर्णयहरू रोक्का रहनेछन् । एड्लोले लेखेका छन्, “अमेरिकी जनताको सुरक्षा सधैं पहिलो प्राथमिकता हो ।”

बुधबार व्हाइट हाउसबाट केही ब्लक टाढा दुई नेशनल गार्डलाई गोली हानिएको थियो। गम्भीर रूपमा घाइते दुईमध्ये एक गार्डको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा एक अफगान नागरिकलाई हिरासतमा लिइएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

जोसेफ एड्लोको यो घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘थर्ड वर्ल्ड’ देशका मानिसहरूलाई अमेरिका प्रवेश गर्न नदिनेबारेको कडा अभिव्यक्ति सार्वजनिक गरेपछि केही घण्टामै आएको हो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend