बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकाको एटलान्टामा जु्ट्दै नेपाली महिला साहित्यकारहरू

अमेरिकाको एटलान्टामा जु्ट्दै नेपाली महिला साहित्यकारहरू

325
Shares
325
Shares

एटलान्टा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा आगामी २०२६ मार्च ६ देखि ८ सम्म एटलान्टा, जर्जियामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन आयोजना हुने भएको छ । यस वर्षको सम्मेलनको नारा “महिलाका सृजनशीलता, विश्व तराजुको सन्तुलन” घोषणा गरिएको छ, जसले विश्वभरका महिला साहित्यकारहरूको सृजनात्मक शक्तिलाई सम्मान गर्दै साहित्यिक योगदानको महत्त्वलाई प्रतिबिम्बित गर्दछ।

यस वर्षको सम्मेलन अनेसास जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न हुनेछ। सम्मेलनको सञ्चालनका लागि अनेसास जर्जिया च्याप्टरकी अध्यक्ष मिरा कोइरालालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। संयोजक कोइरालाले जर्जिया च्याप्टर कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पूर्ण रूपमा जुटेको र आगन्तुक पाहुनाहरूलाई हार्दिक स्वागत गर्न आतुर रहेको जानकारी दिनुभएको छ । केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले सम्मेलनमा विश्वभरिका महिला साहित्यकारहरूको उत्कृष्ट र उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्दै यो सम्मेलनलाई अन्तर्राष्ट्रिय सृजनशीलता उत्सवका रूपमा स्थापित गर्न सबै पक्षको ऊर्जा र प्रतिबद्धता महत्वपूर्ण रहेको बताउनुभएको।

मार्च ६ का साँझ अनेसास जर्जिया च्याप्टरद्वारा आयोजित स्वागत नेपाली सांस्कृतिक कार्यक्रमसँगै रात्रि भोजबाट सम्मेलन प्रारम्भ हुनेछ । मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटनसँगै कार्यपत्र प्रस्तुति, साहित्यिक रचना वाचन तथा विभिन्न विषयगत छलफल सत्रहरू सञ्चालन गरिनेछन् ।

त्यसै गरी केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले , मार्च ७ मा सम्मेलनको औपचारिक उद्घाटन समारोहमा, नेपाल तथा विश्वका सबै मुलुकमा बसोबास गर्ने नेपाली महिला स्रष्टाहरूको साहित्यिक रचनाहरू सङ्कलित कृति “सृजनामा नारी भाग -४” पुस्तकको पनि विमोचन गरिने जानकारी गराउनुभयो।

त्यसै गरी केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीले सम्मेलनमा प्रवासमा बस्ने नेपाली महिला स्रष्टाहरूको नयाँ साहित्यिक कृतिहरूको पनि एकमुष्ट विमोचन गरिने कुराको जानकारी गराउनुभयो।

अन्तिम दिन मार्च ८ मा समापन समारोह सम्पन्न गरिनेछ र त्यसपछि सहभागीहरूलाई एटलान्टा आसपासका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइने कार्यक्रम रहेको छ । सम्मेलन एटलान्टास्थित नेपाली सांस्कृतिक केन्द्रको भवनमा हुनेछ। सहभागी पाहुनाहरूका लागि सहुलियत दरमा होटेल रुम बुकिङको व्यवस्था मिलाइएको छ, जसका लागि तल दिइएको लिंक प्रयोग गर्न सकिनेछ ।

Click the link: Country Inn & Suites by Radisson, Stone Mountain, GA

Contact numbers
1. Mira Koirala : (470) 563-7977
2. Urmila Nirdoshi: (314) 328-0830
3. Raju Sitaula: (720) 729-7438

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend