बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन: कुलमान घिसिङ

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन: कुलमान घिसिङ

111
Shares
111
Shares

दुबई । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँग भेटघाट गर्न बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका घिसिङले आशा र आत्मविश्वास देखाउने सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न सक्ने अवस्था नहुने बताए ।

युएइको अबुधाबीमा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिटेन्स)बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गरे ।

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताए ।

उनले भने, ‘उज्यालो अभियान बिजुलीको मात्र हैन, सुशासन, चुस्त दुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्र समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो, यसको कार्यान्वयनका लागि नेतृत्व परिवर्तन आवश्यक छ ।’

मध्य पूर्वी देशहरूको भ्रमणमा रहेका घिसिङलाई नेपाल आदिवासी जनजाति महासङ्घ युएईका अध्यक्ष विक्रम लिम्बु तथा युएईमा सक्रिय नेपाली सङ्घ संस्था र शुभेच्छुकहरूले पञ्चे बाजासहित सम्मान तथा नागरिक अभिनन्दन गरेका हुन् ।

युएइको अबुधावीमा अन्तर्राष्ट्रिय कलाकार समाज–युएई , तामाङ समाज र हामी नेपाली ग्लोबल युएई तथा अबुधावीमा रहेको नेपाली समुदाय मिलेर एक अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

भ्रमणका क्रममा देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताए ।

आइतबार दुबईमा भएको कार्यक्रम सञ्चालन सुनिल घिसिङले गरेका थिए भने आबुधाबीमा पत्रकार उमाकान्त पाण्डेले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गरेका थिए ।

कार्यक्रममा युएईमा रहेका पुराना नेपाली समुदायका अग्रज तथा नेपाल आदिवासी जनजाति महासङ्घ युएईका अध्यक्ष विक्रम लिम्बु , दिल तामाङ, रश्मि रिजाल लगायतका वक्ताले बोलेका थिए।

मध्यपूर्वको यात्रामा नेपाली समुदायलाई भेटेर उज्यालो अभियान बारे परामर्श तथा साक्षात्कार गर्दै हिँडेका घिसिङले आबुधाबीस्थित नेपाली दूतावासमा पुगेर त्यहाँका समस्या, समाधान र विविध पक्षमा छलफल समेत गरेका थिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend