टेक्सास, पुर्व एनबीए गार्ड पाट्रिक बेभरलीलाई टेक्सास प्रहरीले “परिवारिक हिंसा” (family violence) सम्बन्धी एक घटनामा फेलोनी हमला आरोपसहित पक्राउ गरेको छ ।
३७ वर्षीय बेभरलीलाई शुक्रबार बिहान रोशरोनस्थित एक घरबाट पक्राउ गरिएको फोर्ट बेन्ड काउन्टी शेरिफ अफिसले जनाएको छ । उनको धरौटी रकम ४० हजार डलर तोकिएको छ ।
बेभरलीले सामाजिक सञ्चारमार्फत सार्वजनिक भएको सबै कुरा नमान्न आग्रह गर्दै लेखे, “इन्टरनेटमा देखिएको सबै कुरा साँचो हुँदैन ।” उनले सामाजिक सञ्जालमै एउटा हस्ताक्षरविहीन वक्तव्य पुनःपोस्ट गरेका छन्, जसमा उनले आफ्नी बहिनी (नाबालिग) लाई अप्रत्याशित रूपमा एक घरमा १८ वर्षका युवकसँग एक्लै भेटेको दाबी गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “जसरी कुनै पनि दाजु बहिनीको सुरक्षाबारे चिन्तित हुन्छ, उनी पनि त्यही क्रममा थिए। तर त्यसपछि के भयो भन्ने कुरा वास्तविकताअनुसार प्रस्तुत गरिएको छैन भन्ने हामी विश्वास गर्छौं, र अदालतमा त्यसलाई स्पष्ट गर्नेछौं।”
बेभरलीले अन्तिमपटक २०२4 मा मिल्वौकी बक्सका लागि एनबीए खेलिएका थिए। उनले आफ्नो १२ वर्षको करिअरमा ह्युस्टन रकेट्स, लस एञ्जलस क्लिपर्स लगायत अन्य टिमहरूमा पनि खेलेका थिए।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend