बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

वैज्ञानिक कल्पनामा आधारित चलचित्र ‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक

वैज्ञानिक कल्पनामा आधारित चलचित्र ‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक

75
Shares
75
Shares

काठमाडौँ । वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाइएको छ।

चलचित्र ‘एक्लो’ ले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ। कान्सपछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ, जससँगै टिजर र प्रचार सामग्रीप्रति दर्शकको उत्सुकता समेत उच्च देखिएको छ।

फिल्मका निर्देशक प्रदीप शाही हुन्, जसले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्। बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरिरहेका छन्। हाल फिल्मको पोस्ट-प्रोडक्सन कार्य लन्डनमा जारी छ भने यसलाई क्रिसमस अवसर पारेर पुस महिनामा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्री शेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकन को अभिनय रहनेछ।

फिल्मका निर्माता राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी,संगीता वादी श्रेष्ठ,रितेश राना,सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइनमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइनमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ संलग्न छन्।

‘एक्लो’ नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको एक गम्भीर प्रयासका रूपमा हेरिएको छ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend