काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पाँच विकेटले पराजित भएको छ। हारका बाबजुद कप्तान रोहितकुमार पौडेलको शतकले ध्यान आकर्षित गर्यो। उनी एकदिवसीय क्रिकेटमा दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।
दुबईमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाउँदै २३४ रन बनायो। लक्ष्य पछ्याउँदै युएईले ५ विकेट गुमाएर ४३.२ ओभरमै जित निकाल्यो।
नेपालका सन्दीप लामिछानेले दुई, करण केसी र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए। कप्तान रोहितले १३० बलमा १०९ रन बनाए भने आसिफ शेखले ३५ रनको योगदान दिए।
युएईका आर्यन्स शर्माले ९८ रन र अलिशान सरफुले ४५ रन बनाए। बोलर जाहिद अलीले चार विकेट र जुनाइद सिद्धिकीले तीन विकेट लिए।
अब नेपालले शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend