कर्णाली याक्स स्पोर्टस् प्रालिले आगामी मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। आकाशे र पहेँलो रङ्ग समेटिएको यो जर्सीले कर्णाली प्रदेशको भौगोलिक तथा सांस्कृतिक महत्त्व झल्काउने बताइएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार जर्सी चाँडै समर्थकहरूमाझ पुर्याइनेछ।
पहिलो संस्करणमा दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले यसपटक पनि ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक र राजु बस्नेतलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ । मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा लगायतलाई टोलीले रिटेन गरेको छ।
क्लबले पहिलो विदेशी खेलाडीको रूपमा स्कटल्यान्डका अनुभवी स्पिनर मार्क वाटलाई अनुबन्ध गरेको छ। वाटले स्कटल्यान्डका लागि टी-२० आई र एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ८९ र ११० विकेट लिएका छन् । टोलीले ५ नोभेम्बरमा ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्ने तयारी गरेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend