मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

आईसीसी महिला वर्ल्ड कप: भारतलाई ४ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

आईसीसी महिला वर्ल्ड कप: भारतलाई ४ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

39
Shares
39
Shares

इन्दौर (भारत)। आईसीसी महिला क्रिकेट वर्ल्ड कप २०२५ अन्तर्गत भारत र इंग्ल्यान्डबीच इन्दौरको होल्कर क्रिकेट स्टेडियममा भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले भारतलाई ४ रनले पराजित गरेको छ। यो जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर भारतसामु २८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इंग्ल्यान्डका लागि कप्तान हीथर नाइटले शानदार शतक (९१ बलमा १०९ रन) बनाइन् भने एमी जोन्सले ५६ रनको योगदान दिइन्। भारतका लागि दीप्ति शर्माले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्।

जवाफी ब्याटिङमा २८९ रनको लक्ष्य पछ्याएको भारतीय टोलीको सुरुवात कमजोर भए पनि ओपनर स्मृति मन्धाना र कप्तान हरमनप्रीत कौरले पारी सम्हालेका थिए। मन्धाना ८८ रन बनाएर आउट भएसँगै पारीको गति सुस्त भएको थियो। हरमनप्रीत कौरले ७० रन र दीप्ति शर्माले अर्धशतक (५७ बलमा ५० रन) बनाए पनि भारत जितसम्म पुग्न सकेन र ४ रनले पछि पर्दै पराजित भयो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend