काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद सतहमा आएको छ, जहाँ नेतृ सुमना श्रेष्ठले पार्टी अध्यक्ष रवि लामिछाने र उनको समुहप्रति कडा टिप्पणी गरेकी छिन् । उनले पार्टीलाई बचाउने हो भने अध्यक्ष लामिछानेको समुहले पार्टी छाड्नुपर्ने, अन्यथा पार्टी नै समाप्त हुने चेतावनी दिएकी छिन् ।
नेतृ श्रेष्ठले पार्टीभित्र व्यक्तिवाद हाबी भएको र केही व्यक्तिको समुह (कम्पनी) ले पार्टीलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएकी छिन् । “अहिले पार्टीमा दुई वटा मात्र विकल्प छन्,” उनले भनिन्, “कि रवि एण्ड कम्पनीले पार्टी छाड्नुपर्छ, कि त रास्वपा सकिन्छ।” उनको यो भनाइले पार्टीको आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्वमा गम्भीर प्रश्न उठेको संकेत गर्दछ ।
पार्टी स्थापनाको छोटो समयमै लोकप्रिय बनेको रास्वपा भित्र पछिल्लो समय नीतिगत र संगठनात्मक विषयमा मतभेद बढ्दै गएको थियो । नेतृ श्रेष्ठको यो कडा अभिव्यक्तिका कारण पार्टीभित्रको कलह अब सार्वजनिक रूपमै छताछुल्ल भएको छ । यस विषयमा अध्यक्ष रवि लामिछाने वा पार्टीका अन्य शीर्ष नेताहरूबाट कुनै आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend