बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रोशन राईको स्वरमा ३५ वर्ष पुरानो लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ सार्वजनिक

रोशन राईको स्वरमा ३५ वर्ष पुरानो लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ सार्वजनिक

49
Shares
49
Shares

काठमाडौँ । सदाबहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनर अप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुति रहेको गीतलाई आज, असार ३ गते काठमाडौँ, दरबारमार्ग, क्युएफएक्स हलमा एक भव्य कार्यक्रमका बिच गीतलाई सार्वजनिक गरिएको छ । लुङ्टो क्रियशन युट्युब च्यानलबाट अफिसियल गीत पनि सार्वजनिक भैसकेको छ ।

३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको छ । ३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो । यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । अमर स्रष्टा स्व. विक्रम राई प्रति समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहाँ चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।

सार्वजनिक गीतको बारेमा बोल्दै प्राज्ञ शान्तिरामले आफ्नो ३५ वर्ष अगाडीको संर्घष सम्झिए । शान्तिरामले भने ‘काठमाडौँको बसाई, संर्घष अनि अभावमा जन्मिएको थियो धोका दियौ तिमीले ।’ यो गीत बाउ, छोरा र नाति पुस्ताहरूका लागी लोकप्रिय भएको पनि शान्तिरामले बताए । त्यस्तै गायक रोशनले कार्यक्रमलाई सम्बोधन गर्दै, प्राज्ञ संगीतकार शान्तिरामलाई ढोग्दै सदाबहार लोकप्रिय गीत गाउन दिएकोमा धन्यवाद प्रकट गरे । द भ्वाईस अफ नेपालका संचालक चर्चित होस्ट सुशील नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । सुशीलले पनि रोशनको स्वरसँगै अभिनयको पनि तारिफ गरेका थिए ।

चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको बिछोड र धोकाको कथा देखाइएको छ । गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ । निर्देशक राजेशले केकी र रोशनलाई दमदार अभिनय गराएका छन् ।

भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशन गीत संगीतमा बच्चै देखी लागेका थिए । रोशनले ०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए । अहिले सम्म १ हजार बढी गीतहरू गाइसकेका रोशनको ४ एल्बमहरू दर्शक, श्रोताहरूमाझ ल्याई सकेका छन् । भर्सटाइल रोशन गायनसँगै शब्द तथा संगीतपनि सृजना गर्छन् । उनको १०० भन्दा बढी संगीतहरु पनि दर्शक, श्रोतामाझ ल्याई सकेका छन् । म्युजिक भिडियोमा पहिलो पटक अभिनयमा गरेका रोशनको गीत रिलिजपछि अभिनयकोपनि प्रशंसा भइरहेको छ । रोशनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ , ‘जीवनमा एउटै’ लगायत गीतहरू दर्शकमाझ लोकप्रिय रहेको छ ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend