सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

विपद्पछि दाता सम्मेलन गर्न सरकारको परामर्श

विपद्पछि दाता सम्मेलन गर्न सरकारको परामर्श

32
Shares
32
Shares

काठमाडौँ । सरकारले विपद्पछिको आवश्यकता आकलन (पीडिएन) प्रतिवेदन छिटो तयार गरी त्यसकै आधारमा दाता सम्मेलन आयोजना गर्नेबारे छलफल अघि बढाएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबिच पीडिएन तयार गर्ने तथा सम्भावित दाता सम्मेलनबारे प्रारम्भिक परामर्श भइरहेको जानकारी दिए। उनले सरकारको प्राथमिकता भने अझै बढीभन्दा बढी मानिसको जीवन बचाउनेतर्फ केन्द्रित रहेको बताए।

रसुवा बाढीपछिको पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणभन्दा फरक हुने पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल र सुशील ज्ञवालीले बताएका छन्। उनीहरूले नयाँ दाता सम्मेलनमा रसुवा बाढीसँगै अन्य जलाधार क्षेत्रमा भविष्यमा आउन सक्ने विपद्लाई समेत समेट्नुपर्ने सुझाव दिएका छन्।

यसअघि २०७२ सालको भूकम्पपछि करिब दुई महिनामै दाता सम्मेलन आयोजना गरिएको थियो।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend