सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

२७ देशका ४०३ जना अझै सम्पर्कविहीन

२७ देशका ४०३ जना अझै सम्पर्कविहीन

50
Shares
50
Shares

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज बिहान आएको बाढीमा परी हालसम्म ४०३ जना सम्पर्कविहीन रहेका छन्।

बोर्डका अनुसार सम्पर्कविहीनमध्ये ६२ जना नेपाली र ३४१ जना विदेशी नागरिक रहेका छन्। तीमध्ये २०० जना महिला र २०३ जना पुरुष छन्।

सम्पर्कविहीन विदेशी नागरिकमध्ये भारतका १३३, अमेरिकाका ४७ र बेलायतका ३३ जना रहेका छन्। उनीहरू २६ देशका नागरिक रहेको जनाइएको छ।

टुर अपरेटरहरूका अनुसार सम्पर्कविहीन अधिकांश यात्रु मानसरोवर यात्राका क्रममा उक्त क्षेत्रमा पुगेका थिए। बोर्डले सम्बन्धित निकाय र टुर अपरेटरहरूबाट प्राप्त विवरणका आधारमा सम्पर्कविहीनको तथ्याङ्क सार्वजनिक गरेको हो।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend